पाकिस्तानी इन्टेलिजेन्स एजेन्ट सुन्दरीको जालमा यसरी फसे २ सय भारतीय सैनिकहरु
पाकिस्तानी इन्टेलिजेन्स एजेन्ट सुन्दरीको जालमा यसरी फसे २ सय भारतीय सैनिकहरु
    • बेल संचार

    • ५ मंसिर २०७८, आईतवार

काठमाडौं। पाकिस्तानी इन्टेलिजेन्स एजेन्सी आइएसआइका महिला एजेन्टहरुले भारतीय सैनिक र सुरक्षाकर्मीलाई हनीट्रयापमा फसाएका घटना बढ्दै गएका छन् ।

पछिल्लो एक वर्षमा मात्र २ सय भारतीय सैनिक र अन्यलाई पाकिस्तानी सुन्दरीको मोहमा फसेर संवेदनशील जानकारी लिक गरेको आरोपमा पक्राउ गरिएको छ । पुणेस्थित दक्षिणी कमानको मिलिट्री इन्टेलिजेन्स युनिटले हालै यस्ता कैयौं केसहरुमा धेरै जनालाई पक्राउ गरेको छ । सेप्टेम्बर र अक्टोबरमा युनिटले यस्ता १० केसको खुलासा गर्यो ।

२०२० मा क्रुणाल कुमार बारियालाई फेसबुकमा एउटी केटीको रिक्वेस्ट आयो । रिक्वेस्ट पठाउने युवती निकै सुन्दर सिदरा खान थिइन् जसको उमेर २० देखि ३० वर्षको बीचमा थियो । फिरोजपुर छाउनीमा भारतीय सेनाको आइटी सेलमा तैनाथ बारियालाई कत्ति पनि सन्देश भएन । दुवैले फोन नम्बरको आदान प्रदान गरे त्यसपछि कुराकानी सुरु भयो ।विस्तारै कुरा अन्तरंग हुँदै गयो । छिटै बारियाले सिदरालाई ती सबै कुरा बताउन थाले जो उनी जान्न चाहन्थिन् । करिब डेढ वर्षपछि २३ अक्टोबर २०२१ मा पंजाब पुलिसको अमृतसर स्पेसल अपरेसन सेलले गोपनीय जानकारी लिक गरेको आरोपमा बारियालाई पक्राउ गर्यो । फिरोजपुर छाउनीका गतिविधिको सूचनाको लागि सिदराले बारियालाई १० हजार रुपैयाँ पनि दिएकी थिइन् ।सेप्टेम्बरमा दक्षिणी कमाण्डको एमआइ युनिटले राजस्थानको नरहर निवासी सन्दिप कुमारलाई पक्राउ गर्यो । सन्दिप कुमार झुंझनु जिल्लामा आर्मी क्याम्प नजिकै ग्यास एजेन्सी चलाउँथे । क्याम्पमा ग्यार सिलिण्डर पुर्याइदिने क्रममा उनले भित्रका संवेदनशील स्थानका तस्वीर खिचे र ती तस्वीर पाकिस्तानी एजेन्टलाई ५ लाख रुपैयाँमा बेचिदिए ।कहिलेकाहीँ यो हनीट्रयाप ठूलो स्तरमा पनि गरिन्छ । एउटा केस २०१८ मा भेटिएको थियो । त्यतिबेला निशा शर्मा र पुजा रंजनले भारतीय सशस्त्र बलको लागि सुपरसोनिक मिसाइल निर्माण गर्ने भारत र रुसको संयुक्त प्रोजेक्ट ब्रह्मोस एयरोस्पेसको लागि काम गरिरहेका नागपुरका एक इन्जिनियरलाई फसाए । निशान्त अग्रवाल नामका ती इन्जिनियरले ब्रह्मोस मिसाइलको सटिकतासँग सम्बन्धित महत्वपूर्ण जानकारी लिक गरेका थिए । उनी अहिले नागपुर जेलमा छन् ।सैन्य खुफिया अधिकारीका अनुसार पाकिस्तानमा रावलपिंडीको एक विश्वविद्यालयको वेबसाइटमा २०१९ मा एउटा विज्ञापन दिइएको थियो । यसबाट ठूलो सामाजिक संजाल ट्रयाप अपरेशनको सुराग भेटियो । विज्ञापनमा एक सैन्य स्वामित्व भएको मिडिया हाउसमा जागिरको लागि सामाजिक संजाल विशेषज्ञ महिला पदमा आवेदन मागिएको थियो । भारतीय एमआइ अधिकारीहरुका अनुसार यी महिलाहरुलाई पुरुषहरुसँग अन्तरंग च्याट गरेर लोभ्याइ खुफिया जानकारी हासिल गर्ने कामका लागि भर्ना गर्न लागिएको थियो ।इण्डिया टुडेसँग कुरा गरेका सैन्य खुफिया अधिकारीहरुले यो विज्ञापन आइएसआइको ‘अपरेशन हैदराबाद’को सुरुवात भएको मान्छन् । यो अपरेशनको नाम पाकिस्तानको सिन्ध प्रान्तको सहरको नाममा राखिएको थियो । यो अपरेशन अन्तर्गत आइएसआइ रावलपिंडी, हैदराबाद र लाहोरजस्ता शहरमा कल सेन्टर चलाउँछ । निहा शर्मा, इशानिका अहिर र पुजा राजपुत जस्ता भारतीय उपनाम भएका पाकिस्तानी युवतीहरु हजारौं डिपी खोजी गर्छन् । उनीहरुलाई रणनीतिक रुपले तैनाथ भारतीय सशस्त्र बलका यस्ता व्यक्तिहरुको खोजी हुन्छ जसलाई सजिलै फसाउन सकियोस् ।२०२० मा भारतीय सेनाले आफ्ना सैनिकका लागि सामाजिक संजालमा प्रतिबन्ध लगाएको थियो । यसको उल्लंघन गरेको पाइएमा अनुशासनको कारवाही गरिन्छ । तैपनि केहीले उल्लंघन गर्छन् र फस्छन् । विगत केही महिनामा एमआइले हनीट्रयापको पहिचान गर्न ठूलो अभियान सुरु गरेको छ । काउन्टर इन्टेलीजेन्स टिमले सुराकीको माध्यमबाट ती सैनिकको निगरानी गर्छन् जो फस्न सक्छन् । जसले सेनामा १० वर्षभन्दा कम समय बिताएका छन् उनीहरुलाई सबैभन्दा कमजोर मानिन्छ ।

साताकाे चर्चित
सम्बन्धित