जापान सरकारद्वारा ७८९ खर्ब येनको स्टिमुलस प्याकेज पारित
जापान सरकारद्वारा ७८९ खर्ब येनको स्टिमुलस प्याकेज पारित
    • बेल संचार

    • ५ मंसिर २०७८, आईतवार

जापान सरकारले शुक्रबार ७८९ खर्ब येन बराबरको नयाँ स्टिमुलस प्याकेज अनुमोदन गरेको छ । लामो समयदेखि चलिरहेको कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा पारेको प्रभाव कम गर्नका लागि शुक्रबार सो रकम बराबरको स्टिमुलस प्याकेजलाई मन्त्रीपरिषद्को असाधारण बैठकबाट पारित गरिएको हो ।यसमा ५५७ खर्ब येनको कीर्तिमानी वित्तीय खर्चको योजना पनि छ । यसले जापानी अर्थतन्त्रलाई करीब ५ दशमलव ६ प्रतिशतले बढाउन टेवा दिने अनुमान गरिएको मन्त्री परिषद्को कार्यालयले बताएको छ । प्याकेजमा प्रधानमन्त्री फुमिओ किशिदाले वाचा गरेको आर्थिक वृद्धि र सम्पत्ति वितरणको सद्गुणी चक्र हासिल गर्नका लागि उपायहरु पनि छ ।

यसमा १८ वर्ष वा सो भन्दा कम उमेरका बालबालिकाहरुलाई १ लाख येन वितरण गर्नेसम्बन्धी कार्यक्रम पनि छ । आफूहरुले कोरोना भाइरसको संकटले क्षतिग्रस्त बनाएको अर्थतन्त्रको पुनःनिर्माण गर्ने, सामाजिक र आर्थिक गतिविधिहरु पुनः सञ्चालनमा ल्याउने र अर्थतन्त्रलाई सम्भव भएसम्म छिटै आर्थिक वृद्धिको बाटोमा ल्याउने किशिदाले शुक्रबार बिहान आर्थिक तथा वित्तीय नीति परिषद्को बैठकमा भनेका थिए ।

कूल वित्तीय खर्चमध्ये ४३७ खर्ब येनका लागि राज्य कोषको प्रयोग गरिनेछ । प्याकेजको लागि आवश्यक खर्चको जोहो भने सरकारले आर्थिक वर्ष २०२१ को लागि पूरक बजेट र आर्थिक वर्ष २०२२ को नियमित बजेट ल्याएर गर्नेछ ।

साताकाे चर्चित
सम्बन्धित