दाङकाे लमहीमा बस दुर्घटना, २९ जना घाइते
दाङकाे लमहीमा बस दुर्घटना, २९ जना घाइते
    • बेल संचार

    • ५ मंसिर २०७८, आईतवार

दाङदाङको लमहीमा बस दुर्घटना हुदा २९ जना घाइते भएकाे वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । सुर्खेतबाट काठमाडौ जादैँ गरेको कर्णाली प्रदेश ०२-००१ख०२१९ नम्बरको बस लमही नगरपालिका वडा नम्बर ३ नारायणपुर स्थिति दुर्घटना हुदाँ बसमा सवारी २९ जना यात्रु मध्यम खालकाे घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आइतवार विहान १: ४५ बजे पूर्वपश्चिम महेन्द्र राजमार्ग लमहीकाे नारायणपुरमा बसकाे पट्टा भाचिएपछि बस अनियन्त्रित भइ दुर्घटनामा परेको हाे ।

 

घाइतेहरूकाे लमही अस्पतालमा उपचार भइरहेकाे छ भने ७ जना घाइतेहरूकाे थप उपचारको लागि काेहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूकाे नाम ठेगाना भने खुल्न बाकी रहेको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेकाे छ ।

साताकाे चर्चित
सम्बन्धित