‘तेस्रोलिङ्गीका अधिकारका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका’
‘तेस्रोलिङ्गीका अधिकारका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका’

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।    

    • बेल संचार

    • ६ मंसिर २०७८, सोमबार

काठमाडौँ

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।

नवौँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवका अवसरमा आइतबार आयोजित ‘तेस्रोलिङ्गी समुदायको अधिकारमा मिडियाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीले ती समुदायले आफ्नो अधिकार अझै प्रयोग गर्न विभिन्न बाधा रहेको गुनासो गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले सञ्चारमाध्यममा तेस्रोलिङ्गी समुदायका विषयले स्थान पाईरहेको र आगामी दिनमा सोही समुदायका व्यक्तिको थप तदरुकता जरुरी रहेको बताउनुभयो ।

“ मिडियाले यो लेख्यो, यो लेख्नेभन्दा पनि यो समुदायका लागि मिडियाले के गर्नुपर्ने हो, के ग¥यो भने ठिक हुन्छ भन्ने लाग्दछ, त्यो प्रष्टरुपमा मिडियालाई जानकारी गराउनुपर्दछ”, उहाँले भन्नुभयो ।

वरिष्ठ पत्रकार माधव दुलालले तेस्रोलिङ्गी समुदायका विषयमा सरकारी निकायले बोल्न नचाहानु, सरकारलाई यो समुदायले झक–झकाउन नसक्नु, जनगणनामा यो समुदायलाई समावेश नगरिनु लगायतका समस्या रहेको बताउनुभयो । “हामी पत्रकार साथीहरुले यसमा सहयोग त गरिरहेका छौँ तर, यो समुदायमा नै एकरुपता छैन, पत्रकारलाई नै धम्काउनेलगायतका प्रवृत्तिले पनि गाह्रो भएको छ”, उहाँले भन्नुभयो ।

कार्यक्रमका अध्यक्ष आरती लम्साल, अधिवक्ता सुजन पन्त, तेस्रोलिङ्गी अधिकारकर्मी एवं नीलहीरा समाजकी अध्यक्ष पिङ्की गुरुङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव भरत शर्मा, पत्रकार युवराज गौतमलगायतले यो समूदायका लागि यथेष्ट कानून निर्माण भए पनि कार्यान्वयनको पक्ष फितलो हुँदा समस्या परेको बताउनुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित