नेकपा एमालेले चितवनमा निकाल्यो र्‍याली , हेरौं (फोटोफिचर)
नेकपा एमालेले चितवनमा निकाल्यो र्‍याली , हेरौं (फोटोफिचर)
    • बेल संचार

    • ७ मंसिर २०७८, मंगलवार

चितवन । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको प्रचार प्रसारका लागि चितवनमा बृहत् मोटरसाइकल र्‍याली गरिएको छ । युवा संघ नेपाल चितवनको आयोजनामा गरिएकोर्‍याली लीमा दुई हजार बढी मोटरसाइलक सहभागी भएका आयोजकले जनाएको छ ।

जिल्लाको विभिन्न पालिकाबाट मोटरसाइलकसहित आएका युवाहरु एमालेको महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा जम्मा भएरर्‍यालीमा सहभागी भएका हुन् । आज दिउँसो १ बजे नारायणी नदी किनारबाट सुरु भएको मोटरसाइकलर्‍यालीले भरतपुर महानगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको छ ।

 

एमाले महाधिवेशने प्रचार प्रसारको गीत बजाउँदै नारायणी नदी किनारबाट सुरु भएको र्‍याली नारायणगढको मेनरोड, पोखरा बसपार्क, आँपटारी, बाइपास सडक हुँदै केन्द्रीय बस टर्मिनल, चौबीसकोठी, लायन्सचोक, शहीदचोक, पुलचोक हुँदै महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा आएर समापन भएको थियो ।

युवा संघ नेपाल चितवनका संयोजक सुशील केसीले आगामी १० गते नारायणगढको नारायणी नदी किनारमा हुने एमाले महाधिवेशनको उद्घाटनमा व्यापक जनसहभागिता जुटाउने उद्देश्यले मोटरसाइकल र्‍यालीको आयोजना गरिएको बताए । नेकपा एमालेको केन्द्रीय निर्देशन अनुसार आज नवलपुर, मकवानपुर सहित देशका मुख्य सहरहरुमा युवा संघले मोटरसाइकल र्‍याली निकालेको छ ।

 

साताकाे चर्चित
सम्बन्धित