प्रियंका चोपडा र निक जोनसको सम्बन्धविच्छेद ?
प्रियंका चोपडा र निक जोनसको सम्बन्धविच्छेद ?
    • बेल संचार

    • ७ मंसिर २०७८, मंगलवार

काठमाडौं। बलिउड र हलिउडका मोस्ट वान्टेड जोडी मानिएका प्रियंका चोपडा र निक जोनसले आफ्नो सिजलिङ केमेस्ट्रीले सधैं फ्यानहरुलाई प्रभावित पारेका छन् । तर, अब यी दुईको सम्बन्धविच्छेदको खबरले फ्यानहरुलाई आश्चर्यमा पारेको छ । खासमा प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम बायोबाट पति निक जोनसको थर हटाएकी छिन् । त्यसपछि प्रियंका र निकको सम्बन्धविच्छेदको खबर भाइरल भइरहेको छ । यो खबरले दुवैका फ्यानबीच हलचल मच्चिएको छ ।

प्रियंका र निकको सम्बन्धविच्छेदको खबरले उनीहरुका फ्यानलाई झट्का लागेको छ । फ्यानहरु यो कुरालाई लिएर अलमलमा पनि छन् कि आखिर प्रियंकाले आफ्नो सामाजिक संजाल बायोबाट आफ्ना पतिको थर किन हटाइन् ? पति निकसँग सम्बन्धविच्छेदको खबरबारे प्रियंकाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् तर प्रियंकाकी आमा मधुले भने उनीहरुको सम्बन्धविच्छेदको समाचारलाई पूर्ण रुपमा गलत भनेकी छिन् ।

प्रियंका र निकको सम्बन्धविच्छेदको खबर भाइरल भएपछि प्रियंकाकी आमाले यस विषयमा प्रतिक्रिया दिएकी छिन् । न्यूज १८ मार्फत एक वक्तव्य जारी गर्दै मधु चोपडाले प्रियंका र निकको सम्बनधविच्छेदको हल्लालाई बकवास र गलत बताइन् । उनले यस किसिमको झुटो खबर नफैलाउन अपिल पनि गरेकी छिन् ।

 

साताकाे चर्चित
सम्बन्धित