चलचित्र “टुल्की” सेन्सर पास, पायो ‘यूनिभर्सल’ सर्टिफिकेट
चलचित्र “टुल्की” सेन्सर पास, पायो ‘यूनिभर्सल’ सर्टिफिकेट
    • बेल संचार

    • ८ मंसिर २०७८, बुधबार

टुल्की’लाई सेन्सरको क्लिन चिट नेपाली कथानक चलचित्र “टुल्की “लाई यूनिभर्सल सर्टिफिकेट शेखर लामाको प्रस्तुती रहेको टुल्की’लाई सेन्सरको क्लिन चिट द पाल्म ग्रुप प्रा.लीको ब्यानरमा शेखर लामाको प्रस्तुती रहेको टुल्की’लाई सेन्सरको क्लिन चिट काठमाडौं – नेपाली चलचित्र ” टुल्की” लाई सेन्सर बोर्डले यूनिभर्सल सर्टिफिकेट दिएको छ ।

चलचित्रले नेपाल सरकार अन्तर्गत केन्द्रीय चलचित्र जाँच समितिबाट यूनिभर्सल सर्टिफिकेट पाएको हो । बुधबार सेन्सर बोर्डका पदाधिकारीहरुले चलचित्र हेरेपछि चलचित्र प्रेमी दर्शकले अभिभावकको साथमा हेर्न मिल्ने गरी यूनिभर्सल सर्टिफिकेट दिएका हुन् । सर्टिफिकेट पाएसँगै यो फिल्म जुनसुकै उमेरसमूहका व्यक्तिहरुले हेर्न पाउनेछन्।

द पाल्म ग्रुप प्रा.लीको ब्यानरमा शेखर लामाको प्रस्तुती रहेको र हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथामा टुल्की चलचित्र निर्माण गरिएको छ।

लक्ष्मण सुनारको कथा, देव जंग थापाको छायाँकन तथा निर्देशनमा बनेको चलचित्रमा आरपि कर्माचार्य र शेखर लामाको लगानी छ । शिशिर वाङदेल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको चलचित्रमा अभिनय छ ।

ब्राम्हण बस्तिमा जन्मेकी युवती शेर्पा युवासँग माया प्रेममा परेर विवाह गरेपछि उनले त्यहाँको संस्कार नबुझेर भोग्नुपरेको कथालाई चलचित्रमा उतारिएको निर्माण टिमले जनाएको छ । करिव ४ वर्षको अध्ययनपछि चलचित्रको निर्माण गरिएको निर्माता शेखर लामाले जानकारी दिए । यो चलचित्र नेपालमा भन्दा पहिले विभिन्न देशमा प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ । साथै, अन्तराष्ट्रिय चलचित्र महोत्सवमा समेत भाग लिने सोँचका साथ चलचित्र निर्माण गरिएको बताईएको छ ।

साताकाे चर्चित
सम्बन्धित