बुद्ध एयरको जहाज अवतरण गर्ने बेला स्याल ठोक्किएपछि…
बुद्ध एयरको जहाज अवतरण गर्ने बेला स्याल ठोक्किएपछि…
    • बेल संचार

    • ८ मंसिर २०७८, बुधबार

काठमाडौं । काठमाडौंंबाट नेपालगञ्ज आएको बुद्ध एयरको एब्रो जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा स्याल ठोक्किएको छ ।

बुधबार सांझ ७ बजेर ५ मिनेटमा विमान अवतरण गरिरहेको बेला धावनमार्गमा स्यालसंग ठोक्किएको नागरिक उड्यन कार्यालय नेपालगञ्जले जनाएको छ ।

सो कार्यालयका प्रमुख सुभाष झाले बुद्ध एअरको विमान अवतरण गरेर धावनमार्गमा दौडिरहेको बेला स्यालसंग ठोक्किएको र विमान तथा यात्रुहरु सबै सुरक्षित रहेको बताउनुभयो ।

उहाँले सो विमान अवतरण गरे लगत्तै श्री एअरको विमान समेत अवतरण गरेको जनाउँदै धावनमार्गमा गएर हेर्दा स्यालका शरीका भागहरु टुक्रा भएको अबस्थामा फेला परेको बताउनुभयो ।

सो घट्ना पश्चात एक घण्टादेखि विमानस्थलबाट कुनै उडान नगरिएको र श्रीयरले काठमाडौका लागि उडान गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ ।

स्याल ठोक्किएको विमानको परीक्षण गरेर मात्रै उडान गरिने हुँदा बुद्ध एयरको अर्को विमान काठमाडौबाट आइरहेको पनि नागरिक उड्यन कार्यालयले जनाएको छ ।

स्याल ठोकिदा जहाजको नोजल गेयरमा समस्या आएकोले सो चेकजाँचका लागि काठमाण्डौबाट इञ्जिनियरकाे टाेली बाँकै आइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्याैपानेले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित