जुम्ला बाट रतननाथ योगीको केन्द्रिय सदस्यमा उम्मेदवारी, एमाले १०औँ रास्ट्रिय महाधिवेशनमा
जुम्ला बाट रतननाथ योगीको केन्द्रिय सदस्यमा उम्मेदवारी, एमाले १०औँ रास्ट्रिय महाधिवेशनमा

एमालेको १०औं रास्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवनको भरतपुर पुगेका योगीले आफुलाई मत दिएर विजयी गराउन सहभागी प्रतिनिधिहरुलाई अनुरोध गरेका छन।

    • बेल संचार

    • ९ मंसिर २०७८, बिहीबार

चितवनमा सुरु हुन गहिरहेको नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य तथा जुम्लाको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

एमालेको १०औं रास्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवनको भरतपुर पुगेका योगीले आफुलाई मत दिएर विजयी गराउन सहभागी प्रतिनिधिहरुलाई अनुरोध गरेका छन।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा जुम्लाका ८ वटा स्थानीय तह मध्य एमालेले तिला गाउँपालिकाको अध्यक्ष मात्र जितेर लगायत अन्य थुप्रै कार्यले नेकपा एमाले जुम्लाको इज्जत बचाउदै आएका छन। यहाँका अरु सात स्थानीय तहमा एमालेका

उम्मेदार पराजय भएका थिए। नेकपा एमाले जुम्लाका प्रभावशाली र युवा पुस्ताका जनप्रिय नेताको छवि राख्न सफल भएका छन।

यहाँ अनेरास्ववियुको विद्यार्थी राजनितीमा जुम्ला बहुमुखि क्याम्पस सचिव हुँदै सभापति र सानाेठिमि क्याम्पस स्ववियु सचिव , अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष , रापस, केन्द्रीय सदस्य ,स्ववियु काउन्सिल केन्द्रीय कमिटी, जुम्ला काठमाडौं सम्पर्क मञ्च

अध्यक्ष हुँदै कर्णाली काठमाडौं सम्पर्क मञ्च सदस्य, युवा संघको राजनीतिमा जिल्ला हुँदै केन्द्रिय सदस्य, प्र.रा.यु. संघ केन्द्रीय कमिटी सदस्य, जिल्ला युवा समिति अध्यक्ष, नेकपा एमाले जिल्ला कमिटी सचिवमा २०६४ साल देखि २०७० सम्म भुमिका निर्वाह गर्दै,

नेकपा एमाले प्रदेश कमिटी सदस्य, तिला गाउँ पालिका अध्यक्ष, गाउँ पालिका राष्ट्रिय महासँघ केन्द्रिय सदस्य लगायतका विभिन्न पद र ओहदामा रहेर कुशलता पुर्बक निर्वाह गर्दै आउनु भएको छ।

साताकाे चर्चित
सम्बन्धित