नेपाल र इजरायलबीचको जनस्तरको सम्बन्धलाई कला– संस्कृतिको माध्यमबाट समेत प्रवद्र्धन गर्ने उद्देश्यले राजधानीमा तीनदिने इजरायली चलचित्र महोत्सव नयाँ ढाँचामा शुरु भएको छ ।
कोभिड महामारी मत्थर नभइसकेकाले आफ्नै सवारीसाधनमा बसेर चलचित्रको आनन्द लिन पारखीहरूलाई यहाँस्थित इजरायली दूतावासले १३ औँ संस्करणको महोत्सव‘ड्राइभ इन फिल्म सोज्’ढाँचामा प्रस्तुत गरेको हो । एफएम रेडियो जडित सवारीसाधनमा बसेर सोल्टी होटलको सवारी बिसौनीमा ९०.६ मेघाहर्जमा ‘ट्युन’ गरेपछि विशाल पटाङ्गिनीको ठूलो पर्दामा दृश्य हेर्दै आवाज सुन्दै महोत्सवको मजा लिन सकिनेछ ।