एमाले अनुशासित र एकताबद्ध पार्टी : नेता थापा  
एमाले अनुशासित र एकताबद्ध पार्टी : नेता थापा  

नेकपा (एमाले) नेता तथा महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापाले एमाले सबैभन्दा ठूलो, अनुशासित र एकताबद्ध पार्टी भएको बताउनुभएको छ ।    

    • बेल संचार

    • १० मंसिर २०७८, शुक्रबार

    
    भरतपुर
नेकपा (एमाले) नेता तथा महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापाले एमाले सबैभन्दा ठूलो, अनुशासित र एकताबद्ध पार्टी भएको बताउनुभएको छ ।

चितवनमा आजदेखि सुरु भएको एमालेको दसौँ महाधिवेशनमा आएका प्रतिनिधि तथा पाहुनालाई स्वागत गर्दै उहाँले पार्टी विधान महाधिवेशनले त्यसलाई पुष्टि गरेको बताउनुभयो । महाधिवेशनपछि जनताको बहुदलीय जनवाद ‘जबज’ सही छ भन्ने थप पुष्टि भएको नेता थापाको भनाइ थियो । उहाँले देशीविदेशी तत्वले नेकपालाई तीन टुक्रा पारेको आरोप लगाउनुभयो ।

नारायण नदी किनारामा एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डोत्तोलन गर्दै महाधिवेशनको उद्घाटन गर्नुभएको हो । उहाँले नेपालको झण्डा, नेकपा एमालेको चुनाव चिह्न सूर्य, कम्युनिष्टको हँसिया हथौडा अङ्कित झण्डालाई एकसाथ स्विचमार्फत झण्डोत्तोलन गर्नुभयो ।

साताकाे चर्चित
सम्बन्धित