एनप्लस प्रोफेसनलका ६ सौनदर्य सामाग्री सार्वजनिक
एनप्लस प्रोफेसनलका ६ सौनदर्य सामाग्री सार्वजनिक

काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उत्पादन कम्पनीले नयाँ उत्पादन सामाग्री सार्वजनिक गरेको हो ।

    • बेल संचार

    • ११ मंसिर २०७८, शनिबार

 काठमाडौं

नन्दीनी हर्वलले आफ्ना ६ वटा नयाँ उत्पादन सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उत्पादन कम्पनीले नयाँ उत्पादन सामाग्री सार्वजनिक गरेको हो ।

केही महिना अघि आफ्ना उत्पादनहरु सार्वजनिक गर्ने तयारी गरेकोमा कोरोना महामारी र लकडाउनका कारण ढिलो गरी सामाग्री सार्वजनिक गर्नु परेको कम्पनीका प्रबन्ध निर्देशक हितेश लिम्वानीले बताउनुभयो ।

सौन्दर्य सामाग्रीहरुको परिक्षण र निरिक्षणमा सरकारले चाँसो नराख्दा नक्कली सामाग्रीहरु बजारमा आइरहेकाले सचेत रहन एनप्लस प्रोफेसलनका क्षेत्रीय बजार व्यवस्थापक पदम शर्माले आग्रह गर्नुभयो ।

उहाँले एनप्सल प्रोफेसनलका नयाँ ६ वटा सामाग्री ढुक्कले प्रयोग गर्न सुझाव समेत दिनुभएको थियो । उत्पादित सामाग्रीको प्रचारमा आफूले सञ्चार माध्यमसँग साझेदारी गरेर अगाडी बढ्ने ब्राण्ड एम्बासडर बिना श्रेष्ठले बताउनु भयो । नयाँ उत्पादनहरुमा अण्डर आमक्रिम, अण्डर आइक्रिम, रेटोनल सिरम, प्योर मिनिमाइजर सिरम, स्मुथिङ स्याम्फु र स्मुथिङ कन्डीस्नर सार्वजनिक गरिएका हुन् । नयाँ सौन्दर्य सामाग्री सार्वजनिक कार्यक्रममा पूर्व मिस नेपाल इभाना मानन्धर, गाएक आनन्द कार्की, धिरज राई गायिका रेखा शाह, अभिनेत्री शर्मिला मल्ल, नायिका एलिजा गौतम लगायत चर्चित व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

साताकाे चर्चित
सम्बन्धित