भीम रावलले प्रतिनिधिलाई बाँड्न थाले उम्मेदवारीको पर्चा
भीम रावलले प्रतिनिधिलाई बाँड्न थाले उम्मेदवारीको पर्चा

रावल समर्थकले आइतबार बिहान बन्दसत्र हलको प्रमुख गेटमा बसेर अध्यक्ष पदका लागि रावलको उम्मेदवारीको पर्चा बाँडेका हुन्।

    • बेल संचार

    • १२ मंसिर २०७८, आईतवार

सौराहा, 

चितवनमा जारी नेकपा एमालेको १० औं महाविधेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका उपाध्यक्ष भीम रावलले  प्रतिनिधिहरूलाई आफ्नो उम्मेदवारीबारे पर्चा बाँडेका छन्।

रावल समर्थकले आइतबार बिहान बन्दसत्र हलको प्रमुख गेटमा बसेर अध्यक्ष पदका लागि रावलको उम्मेदवारीको पर्चा बाँडेका हुन्।

रावलको ‘अध्यक्षमा मेरो उम्मेदवारी किन?’ लेखिएको पर्चा छापेर बाँडिएको छ।

यता एमाले अध्यक्ष केपी शर्मा ओलीले भने सर्वसम्मत बनाउने भन्दै पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको सूची बनाउँदै छन्।

ओलीले सूची तयार पारिराख्दा  कार्यकर्ताले आफ्नो पक्षमा मतदानको माग गर्दै पर्चा बाँडेका हुन्।

साताकाे चर्चित
सम्बन्धित