एमाले केन्द्रीय सदस्यहरुको सूची कोठा नम्बर ४०१ मा तयार हुँदैछ
एमाले केन्द्रीय सदस्यहरुको सूची कोठा नम्बर ४०१ मा तयार हुँदैछ

नेकपा एमालेका अध्यक्ष ओली शर्मा ओली निकट चार नेता केन्द्रीय सदस्यहरुको सूची बनाउन छलफलमा जुटेका छन् ।

    • बेल संचार

    • १२ मंसिर २०७८, आईतवार

कामाडौं

नेकपा एमालेका अध्यक्ष ओली शर्मा ओली निकट चार नेता केन्द्रीय सदस्यहरुको सूची बनाउन छलफलमा जुटेका छन् ।

सौराहमा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएको थियो । ओलीले विहान १० बने बन्दसत्र राखेका थिए । तर उनी विहानैदेखि नेताहरुसँग छलफलमा छन् ।

पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरुले पनि अध्यक्ष ओलीलाई भेटेर लबिइङ गरेका छन् ।

एक नेताका अनुसार अहिले केन्द्रीय सदस्यहरुको सूची बनाउने काम भइरहेको छ । संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली पार्क सफारी होटलको कोठा नम्बर ४०१ मा बसेर केन्द्रीय सदस्यहरुको सूची बनाइरहेको स्रोतले बताएको छ ।

चार नेताले बनाएको सूचीलाई अध्यक्ष ओलीले अन्तिम रुप दिने बताइएको छ ।

साताकाे चर्चित
सम्बन्धित