दुबई। यूएई सरकारले यहाँको स्मृति दिवस तथा राष्ट्रिय दिवसको अवसरमा तीन दिन बिदा दिने भएको छ।
मानव संसाधनका लागि संघीय प्राधिकरणले संघीय कर्मचारीलाई १ डिसेम्बर बुधबारदेखि ३ डिसेम्बर शुक्रबारसम्म तीन दिनको बिदा दिन लागेको हो।
४ डिसेम्बर शनिबार सप्ताहन्त भएकोले सोसहित ती कर्मचारीले चार दिनको बिदा पाउने छन्। डिसेम्बर ५ बाट मात्रै सरकारी कार्यालयहरु सञ्चालन हुनेछ।यूएईले यसवर्ष आफ्नो ५०औं राष्ट्रिय दिवसको अवसरमा स्वर्णजयन्ती मनाउँदै छ। जसकारण यस वर्षको राष्ट्रिय दिवसलाई विशेष रुपमा मनाइदैँछ ।
सो अवसरमा देशका विभिन्न स्थानमा गरी कम्तीमा पनि १२ स्थानमा शानदार रुपमा आतिशबाजीको आयोजना गरिने छ।