काठमाडौँ । कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबारे सबैभन्दा पहिला पत्ता लगाउने दक्षिण अफ्रिकी डाक्टर एन्जेलिक कोएट्जीले हालसम्म नयाँ भेरियन्टद्वारा संक्रमित बिरामीमा निकै साधारण लक्षण देखिएको जानकारी दिएकी छिन् ।
बीबीसीलाई दिएको एक अन्तरवार्तामा उनले भनिन्, ‘मलाई भेट्न ३३ वर्षका एक बिरामी आएका थिए । एउटा शल्यक्रियाका लागि । उनले मलाई आफू पछिल्लो दुई दिनदेखि थाकेको महसुस गरिरहेको र उनको टाउको थोरै दुखिरहेको बताएका थिए । शल्यक्रिया अघि हामीले उनको परीक्षण गरायौं र उनी कोरोनाको ओमिक्रोन भेरियन्टद्वारा ग्रसित भएको थाहा पायौं ।’