नेकपा एमालेको सचिवमा गोकर्ण विष्ट सबैभन्दा बढी मत,
नेकपा एमालेको सचिवमा गोकर्ण विष्ट सबैभन्दा बढी मत,

नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना भइरहेको छ। 

    • बेल संचार

    • १४ मंसिर २०७८, मंगलवार

चितवन,

नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना भइरहेको छ।

पदाधिकारीमध्ये सचिव पदमा गोकर्ण विष्ट सबैभन्दा अगाडि छन्। केपी ओलीको सर्वसम्मत सूचीविरूद्ध सचिवमा उम्मेद्वारी दिएका भीम प्रसाद आचार्यले १३०० मत पाउँदा टंकप्रसाद कार्कीले ५०० मत पाएका छन्।

  • गोकर्ण विष्ट-१९७६
  • योगेश भट्टराई- १९६४
  • पद्मा अर्याल- १८००
  • छबिलाल विश्वकर्मा-१८००
  • लेखराज भट्ट-१७०४
  • टोपबहादुर रायामाझी-१७००
  • रघुबीर महासेठ-१५१३
  • भीम प्रसाद आचार्य-१३००
  • टंकप्रसाद कार्की-५००

यसअघि उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत पाएर विजयी भएकी छन्। उनले १९७६ मत पाएकी हुन्। यस्तै सुरेन्द्र पाण्डे १९२५, सुवास नेम्बाङ १८६५, विष्णु पौडेल १८५६, युवराज ज्ञवाली १८४२, रामबहादुर थापा बादल १७६८, घनश्याम भुसाल ७२५ मत पाएका छन्। यो सँगै केपी ओलीको सर्वसम्मत सूचीविरूद्ध उपाध्यक्षमा उम्मेद्वारी दिएका घनश्याम भुसाल पराजित भएका छन्।

यसअघि अध्यक्षमा केपी ओलीले फराकिलो अत अन्तरमा भीम रावललाई हराएका छन्।

ओलीले १८०८ सय  मत ल्याएका छन् भने भीम रावलले  २२३ सय मत पाएका छन्। अन्तिम मत परिणामको घोषणा हुन भने बाँकी छ।

चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन्।

मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी  चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि  चुनावबाट टुंगिनेछन्।‍

साताकाे चर्चित
सम्बन्धित