एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामा बस्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामा बस्ने
    • बेल संचार

    • १४ मंसिर २०७८, मंगलवार

नेकपा (एमाले)को दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने भएको छ ।

नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशन स्थल सौराहामै हुने तय भएको नेता विष्णु रिजालले जानकारी दीएका छन।

 

एमालेमा नयाँ नेतृत्व चयनका लागि आज बिहान मतदान भएको छ । अहिले मतगणना सकिएको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यका लागि निर्वाचन भएको थियो । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भइसकेका छन् ।

सबै मतपरिणाम आएपछि सदस्यको टुङ्गो लाग्ने जनाइएको छ । मतदानमा दुई हजार १५३ जनाको मताधिकार रहेकामा दुई हजार ९६ जनाले मात्रै मत खसालेको निर्वाचन आयोगले जनाएको छ । एमालेको यही मङ्सिर १० गतेदेखि चितवनमा जारी १० औँ महाधिवेशन आज सकिँदैछ । दुई दिनका लागि तय भएको महाधिवेशन चार दिनसम्म लम्बिएको छ ।

साताकाे चर्चित
सम्बन्धित