साइबेरियाको खानीमा मिथेन विष्फोट हुँदा घाइते हुनेको संख्या ९६ पुग्यो
साइबेरियाको खानीमा मिथेन विष्फोट हुँदा घाइते हुनेको संख्या ९६ पुग्यो
    • बेल संचार

    • १४ मंसिर २०७८, मंगलवार

एजेन्सी । साइबेरियाको केमेरोभो क्षेत्रको लिस्टभ्याज्नाया खानीमा मिथेन विष्फोटमा घाइते हुनेहरूको संख्या बढेर ९६ पुगेको छ,।

यहाँस्थित आपतकालीन सेवाका प्रवक्ताले स्पुतनिकलाई बताए अनुसार खानीमा भएको दुर्घटनामा ४३ खानी उद्धारकर्तासहित ९६ जना घाइते भएका छन् । ‘

 

मंसिर २५ गते बिहानै लिस्टभ्याज्नाया खानीमा धुवाँ निस्किएको थियो र त्यहाँ रहेका २ सय ८५ जना मध्ये अधिकांशलाई बाहिर निकालिएको थियो।

प्रारम्भिक तथ्याङ्क अनुसार एक्कासि मिथेन विष्फोट भएको थियो। उक्त दुर्घटनामा कुल ५१ जना मारिएका छन् ती मध्ये ४६ खानीमा कार्यरत थिए भने अन्य पाँच जना खानी उद्धारकर्ता थिए ।

साताकाे चर्चित
सम्बन्धित