२८ दिनपछि कर्णालीमा मन्त्री, विन्दमान विष्ट आर्थिक मामिला मन्त्रीमा नियुक्त
२८ दिनपछि कर्णालीमा मन्त्री, विन्दमान विष्ट आर्थिक मामिला मन्त्रीमा नियुक्त
    • बेल संचार

    • १५ मंसिर २०७८, बुधबार

सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको २८ औं दिनमा थप एक जना मन्त्री थपिएका छन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले नेकपा माओवादी केन्द्रका सांसद विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्री विष्टले आज नै प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाउनु भ्एको हो ।

मुख्यमन्त्री शाहीले आज प्रदेशसभा बैठकमा दर्ता गराउनुभएको विश्वासको प्रस्तावमाथि भोलि प्रदेशसभामा मतविभाजन हुने कार्यसूची छ ।

साताकाे चर्चित
सम्बन्धित