विश्व इतिहासमा आजको दिन
विश्व इतिहासमा आजको दिन
    • बेल संचार

    • १५ मंसिर २०७८, बुधबार

लेस्वियन सन्धी कार्यान्वयनमा

सन् २००९ मा लेस्वियन सन्धी कार्यान्वयनमा आएको थियो। ।युरोपेली मुलुकहरुको संविधानको आधारसमेत मानिने यो सन्धीलाई सन् २००७ मा १३ देशहरुले हस्ताक्षर गरेका थिए । लेस्वियन सन्धीले म्यास्ट्रिच र रोम सन्धीलाई संशोधन गरेको हो।

 

फ्रान्सबाट मध्य अफ्रिकी गणतन्त्र घोषणा

सन् १९५८ मा फ्रान्सको उपनिवेश उवांगी शारीले स्वायत्त भएको घोषणा गरेको थियो । त्यसको दुई वर्षपछि उसले स्वतन्त्र भएको घोषणा गरेको थियो । फ्रान्सबाट स्वतन्त्र भएपछि यसको नाम मध्य अफ्रिकी रिपब्लिक घोषणा गरिएको थियो ।

तेहरान सम्मेलन सम्पन्न

सन् १९४३ मा अमेरिका, बेलायत र सोभियत युनियनबीचको तेहरान सम्मेलन सम्पन्न भएको थियो । फ्रान्समा जर्मनीविरुद्ध दोस्रो मोर्चा र जापानविरुद्ध सोभियत युनियनको युद्ध घोषणासँगै तेहरान सम्मेलन सम्पन्न भएको थियो ।

हाउस अफ कमनमा पहिलो महिला सांसद

नेन्सी एस्टर बेलायतको संसदको तल्लो सदन हाउस अफ कमनमा निर्वाचित हुने हुने पहिलो महिला हुन् । उनी सन् १९१९ को १ डिसेम्बरमा तल्लो सदनमा निर्वाचित भएकी थिइन्।

आइसल्यान्ड स्थापना

सन् १९१८ मा आइसल्यान्ड अधिराज्य स्थापना गरिएको थियो । डेनमार्कसँगको एउटा कानुनमा हस्ताक्षरपछि आइसल्यान्ड स्थापना गरिएको थियो । कानुनले आइसल्यान्डलाई  सार्वभौम देशको मान्यता दिएको थियो । सन् १९४४ मा आइसल्यान्ड गणतन्त्र स्थपना नहुन्जेल आइसल्यान्ड अधिराज्य अस्थित्वमा थियो ।

 

साताकाे चर्चित
सम्बन्धित