के स्वार्थले गण्डकी प्रदेश समिति सदस्य बन्न खोज्दैछन् कांग्रेस सांसद दवाडी ?
के स्वार्थले गण्डकी प्रदेश समिति सदस्य बन्न खोज्दैछन् कांग्रेस सांसद दवाडी ?
    • Bell Sanchar

    • १६ मंसिर २०७८, बिहीबार

गोरखा २ को (ख) प्रदेशबाट निर्वाचित नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडीले गण्डकी प्रदेश समिति सदस्यमा उम्मेदवारी दिने भएका छन् । बिहीबारदेखि सुरु भएको प्रदेश अधिवेशनको शुक्रबार मनोनयन दर्ता हुने छ भने शनिबार निर्वाचन कार्यक्रम रहेको छ । ‘मेरो

राजनीति समाजसेवाका लागि, मेरो राजनीति तपाइहरुको सेवाको लागि’ भन्ने मुख्य नारा बनाएका उनले यो नारालाई सार्थक बनाउँदै लगेका छन् ।

उनी राजनीतिलाई समाजसेवाको रुपमा लिन्छन् । उनले गाउँघरको विकास निर्माणमा महत्वपूर्ण योगदान गर्दै आएका छन् । उनले सांसदबापत पाउने तलवभत्ता पनि गाउँकै सेवाका लागि लगानी गर्दै आएका छन् । राजनीतिमा देखिएको भ्रष्टाचार र अनियमितताको विरुद्धमा बोल्दै आएका

उनले आफूले प्रदेश समितिको जिम्मेवारी पाएपछि कांग्रेसलाई मजबुत बनाउँदै लैजाने बताएका छन् ।

‘यो प्रदेशलाई कांग्रेसमय बनाउने मेरो योजना हो, यहाँ कांग्रेस कमजोर छैन , पार्टीमा देखिएका समस्यालाई व्यवस्थित गर्छु’ उनले भने ‘ गफले मात्र जनताको मन जित्न सकिँदैन त्यसैले मन छुने काम गर्नुपर्छ भन्ने मेरो बटमलाइन हो ।’ उनले कांग्रेसको यो महाधिवेशनमा गोरखा २ बाट

महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर जितेका हुन् । अधिकांश समय गाउँमा जनतासँग नै रहने उनले विभिन्न संघसंस्थालाई आफ्नो व्यक्तिगत तर्फबाट आर्थिक र भौतिक सहयोग गर्दै आएका छन् ।

‘म जनताको मान्छे हुँ, मतदाताले बोलाएको ठाउँमा जान्छु र उहाँहरुको गुनासो सुन्छु’ उनले भने ‘उहाँहरुले नै जिताएर म सांसद भएको हुँ त्यसैले मैले कहिल्यै पनि आफू ठूलो मान्छे भएँ भन्ने सोचेको छैन र सोच्न पनि सक्दिन ।’ उनी बारम्वार मतदातासँग पुगेर उनीहरुको गुनासो सुन्नेमात्र होइन

सकेसम्म समाधानको पहल गर्दै आएका छन् । मतदाताको समस्यालाई आफ्नै समस्या सम्झने उनी कहिले गरिव वस्तीमा पुगेर मतदातालाई आफूले लगाएको ज्याकेट प्रदान गर्छन्, कहिले बिरामीलाई उपचारको लागि आर्थिक सहयोग गर्छन् ।

यतिमात्र होइन काजकिरिया गर्नेसम्म आर्थिक अवस्था नभएकालाई काजकिरिया खर्च पनि दिएका छन् । दवाडीको कामलाई मतदाताले पनि उच्च प्रशंसा गरेका छन् । ‘कसैलाई दुःख नपरोस् भन्ने हो, अरु मानिस संकटमा पर्दा म हाँसेर हिँड्न सक्दिन’ उनले मतदातालाई सम्झँदै भने ‘अब

मतदाताले मलाई जसरी पत्याउनुहुन्छ त्यो गुन तिरेरै छोड्ने छु ।’

साताकाे चर्चित
सम्बन्धित