सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बाघको आतङ्क ले स्थानीयमा त्रास बढाएको छ ।
बाँदर, दुम्सी , बदेंल आतङ्कबाट हैरानी सहँदै आएका यहाँका नागरिकलाई बाघ लगायत अन्य वन्यजन्तुले सताउन थालेपछि स्थानीय चिन्तित भएका हुन् ।
गए राती एउटा लैनो भैँसी खाएको बाघले एक हप्तामा गोठमा बाँधिरहेकै अवस्थामा गोरु,बाख्रा, गाई लगायत अन्य घरपालुवा पशुहरू खाएपछि किसानहरू चिन्तित भएका हुन् । बाघ गाउँमा पस्न थालेपछि स्थानीय समसाँझै घरभित्र बस्न बाध्य छन् ।
काठमाडौं । मेलम्ची ९ ज्यामिरे लगायत आसपासका क्षेत्रमा यतिखेर बाघले आतङ्क मच्चाएको स्थानीयहरु बताउछन। धेरैका गाई, भैँसी र बाख्रा बाघले खाएको छ।
विद्यालय जाने स–साना बालबालिका पनि बाघले आक्रमण गर्ने हो कि भन्ने त्रास अभिभावकमा उब्जिन थालेको छ । ‘
गोठमै आएर गाईबस्तु खान थालेपछि मानिसमा त्रास बढ्नु स्वाभाविक भएको’ स्थानीयले बताएका छन् । घरघरमा बाघ आउन थालेपछि विद्यार्थी विद्यालय जान समेत डराइरहेका छन् ।
‘बाघ कतै लुकेर बसेको छ की भन्ने डरले दिउँसो पनि हिँड्न गाह्रो छ । स्थानीयले वन्यजन्तु गाउँमा आउन नदिन तरबार लगायत अन्य उपाय गर्दै आए पनि सफल नभएको उनीहरूको भनाई छ ।
वडा अध्यक्ष कमल बहादुर खड्काले क्षतिको विवरण हेरेर राहतका लागि तत्काल सम्बन्धित निकायलाई जानकारी गराउने बताएका छन। उनले दिगो समाधानका लागि पहल गरिने पनि बताए ।