बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र) को संख्या डेढ लाख नाघेको छ ।
माओवादी केन्द्र बागमती प्रदेशका सहइन्चार्ज एवं अध्यक्ष नारायण दाहालले बागमती प्रदेशमा पार्टी सदस्य संख्या डेढ लाख नाघेको जानकारी दिए ।
‘बागमती प्रदेशमा माओवादी केन्द्रको सदस्य संख्या झण्डै १ लाख ५५ हजार पुगेको छ’ अध्यक्ष दाहालले भने ।
यसअघि पत्रकार, कर्मचारी, मजदुर, युवा, विद्यार्थीसहित भौगोलिक रुपमा बागमतीमा ९२ हजार सदस्य मात्रै थिए । यसपटक पत्रकार, कर्मचारी, मजदुर, युवा, विद्यार्थी लगायतको छुट्टै कमिटि बनेको छ ।
तर, पनि बागमती प्रदेशमा माओवादीको सदस्य संख्या अहिले डेढ लाख नाघेको छ । ‘टोलटोलमा माओवादीप्रति जागरण पैदा भएको छ’ अध्यक्ष दाहालले भने, ‘सदस्य संख्यालाई हेर्दा माओवादीप्रति उत्साह र आकर्षण बढेको पाइन्छ ।’