चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् पुनःस्थापनका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको बताएको छ ।
पत्रकारसँग आज कुराकानी गर्दै उहाँले संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट भएको सकारात्मक कामको गुन तिर्ने बताए। उनले भने, “यो तपाईंहरुले थाहा पाइराखेकै कुरा हो नि ! संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको छ । त्यो बिर्सेका छैनौँ । अहिले न्यायपालिकालाई समस्या पर्दा त्यसलाई सहयोग गर्छौँ ।” उनले थपे, “हामीले सहयोग हिजो पनि गरिहाल्यौँ नि ! गठबन्धनको बैठक बसेर प्रधानन्यायाधीश अस्पतालमा बसेको समयमा कम्तीमा पनि बिदा बसेर कार्यवाहक तोक्नु राम्रो हुन्छ भनेर भनियो । त्यो पनि सहयोग नै गरेको हो ।”