माओवादी राष्ट्रिय सम्मेलनमा आउने प्रतिनिधिहरूको प्रवेश शुल्क तोकियो
माओवादी राष्ट्रिय सम्मेलनमा आउने प्रतिनिधिहरूको प्रवेश शुल्क तोकियो
    • बेल संचार

    • १७ मंसिर २०७८, शुक्रबार

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ। शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो।

प्रवक्ता महराले भने,‘खास गरेर केन्द्रीय प्रतिनिधिको विषयमा हिजो जुन निर्णय गरेका छौं, त्यसलाई प्रस्तावकै रूपमा कायम राख्दै अन्य थप केन्द्रीय प्रतिनिधिहरू पठाउने ठाउँहरू धेरै छन्, उनीहरू सबैलाई फेरि थप प्रस्ताव तयार गरेर अर्को बैठकमा ल्याउने गरी अध्यक्षलाई जिम्मा दिएको छ। प्रतिनिधिहरू छान्ने विषयमा पनि छलफल भएको छ। राष्ट्रिय सम्मेलनको विषयमा प्रतिनिधि छान्नको निम्ति हरेक प्रदेशले ३० जना ल्याउने र बाँकी पार्टी सदस्य नविकरणको संख्याको आधारमा कुन प्रदेशले कति गर्‍यो त्यसको आधारमा ठोस गर्ने भन्ने निर्णय गरिएको छ। आउने प्रतिनिधिहरूको प्रवेश शुल्क तोकिएको छ। प्रत्येक पार्टी सदस्यलाई २ हजार प्रवेश शुल्क तोकिएको छ।’

साताकाे चर्चित
सम्बन्धित