युएईले फ्रान्ससँग ८० रफाल लडाकु विमान र १२ सैन्य हेलिकोप्टर खरिद गर्ने
युएईले फ्रान्ससँग ८० रफाल लडाकु विमान र १२ सैन्य हेलिकोप्टर खरिद गर्ने
    • बेल संचार

    • १७ मंसिर २०७८, शुक्रबार

संयुक्त अरब इमिरेट्स (युएई)ले फ्रान्ससँग ८० रफाल लडाकु विमान र १२ सैन्य हेलिकोप्टर खरिद गर्ने निर्णय गरेको छ।

युएईले फ्रान्ससँग १९ अर्ब २० करोड डलरको सैन्य सम्झौता गरेको छ। फ्रान्सेली लडाकु विमानको लागि यो सबैभन्दा ठूलो सम्झौता मानिएको छ। फ्रान्सेली रक्षामन्त्री फ्लोरेन्स पार्लीले उक्त सम्झौता ऐतिहासिक भएको बताइन्।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि ट्वीट गर्दै भनेका छन्, ‘हामी युएईबाट ८० रफाल जेट र १२ वटा हेलिकोप्टर बेच्दैछौं। हामी आत्मविश्वासका साथ आफ्नो रक्षा गर्न सँगै काम गर्नेछौं।’

फ्रान्सले उक्त सम्झौतामा अबुधाबीका युवराज शेख मोहम्मद बिन जायद अल नह्यान र म्याक्रोनले हस्ताक्षर गरेको बताएको छ। फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो सम्झौताले दुई देशबीचको रणनीतिक साझेदारीलाई थप मजबुत बनाउनेछ।’ फ्रान्सले यो सम्झौता क्षेत्रीय स्थायित्वसँग पनि प्रत्यक्ष सम्बन्ध रहेको जनाएको छ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन दुई दिने भ्रमणमा युएई पुगेका छन्। युएईपछि उनी कतार र साउदी अरब पनि जानेछन्।

साताकाे चर्चित
सम्बन्धित