हवाई उडान र अवतरण ठप्प, सातवटा जहाज होल्ड, एउटा लखनउ डाइभर्ट
हवाई उडान र अवतरण ठप्प, सातवटा जहाज होल्ड, एउटा लखनउ डाइभर्ट
    • बेल संचार

    • १८ मंसिर २०७८, शनिबार

काठमाडौं । मौसममा आएको बदलीका कारण भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित भएको छ । आज बिहानैदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान हुन सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले सातवटा जहाजलाई होल्ड गरिएको छ भने एउटा जहाज भारतको लखनउ डाइभर्ट भएको छ । भिजिबिलिटी कम भएकाले फ्लाइ दुबईको जहाज लखनउ डाइभर्ट गरिएको प्रवक्ता ठाकुरले जानकारी दिए ।

प्रवक्ता ठाकुरका अनुसार आन्तरिक उडानका लागि भिजिबिलिटी आठ सय मिटर र आगमनको लागि भिजिबिलिटी १६ सय मिटर चाहिन्छ । तर अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ देखि ६ सय मिटर मात्रै भिजिबिलिटी भएकाले उडान अवतरण प्रभावित भएको प्रवक्ता ठाकुरले जानकारी दिए । हवाई उडान हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको चाप छ ।

बंगालको खाडीमा आएको चक्रवातको अप्रत्यक्ष प्रभावअहिले नेपालमा परेको छ । साथै पश्चिमी वायुको प्रभाव पनि नेपालमा छ । यसको असरका कारण देशभर बदली हुनुका साथै केही स्थानमा वर्षा र उच्च हिमाली भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित