प्रधानन्यायाधीशविरुद्ध महाअभियोगकाे विषयमा दलहरुबीच सहमतिका आधारमा निर्णय : अध्यक्ष दाहाल
प्रधानन्यायाधीशविरुद्ध महाअभियोगकाे विषयमा दलहरुबीच सहमतिका आधारमा निर्णय : अध्यक्ष दाहाल
    • बेल संचार

    • १८ मंसिर २०७८, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहालले प्रधान न्यायाधीशविरुद्ध महाअभियोग लगाउने विषयमा दलहरूबीच सहमतिकाे  आधारमा निर्णय गरिने बताउनुभएकाे छ ।

प्रेस सेन्टर नेपाल चौथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै दाहालले प्रधानन्यायाधीशमाथिकाे महाअभियाेग र एमसीसीको विषय गठबन्धन र राजनीतिक दलहरुबीच सहमतिका आधारमा हुने बताउनुभएकाे हाे।

महाअभियोग र एमसीसी प्रकरणले सत्ता गठबन्धन भत्किने डर भइरहेको बेला उहाँले गठबन्धनको भविष्यबारे ढुक्क हुन आश्वासन दिनुभएकाे छ ।

प्रेस सेन्टरको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै  दाहालले भन्नुभयाे, ‘एमसीसीबारे जे हुन्छ राष्ट्रिय सहमतिमा हुन्छ । एमसीसीको बैठक र संसद बैठक एकैदिन पर्नु संयोगमात्र हो । प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको कुरा पनि आएको छ । त्यो पनि दलहरुबीच सहमतिका आधारमा महाअभियोग लगाउने वा नलगाउने निर्णय हुन्छ । गठबन्धन भत्किदैन । ढुक्क हुनुहाेस् ।’

साताकाे चर्चित
सम्बन्धित