बैंकको खाताबाट अन्यत्र रकम ट्रान्सफर गरेका अभियाेगमा १९ वर्षीय फैसल पक्राउ
बैंकको खाताबाट अन्यत्र रकम ट्रान्सफर गरेका अभियाेगमा १९ वर्षीय फैसल पक्राउ
    • बेल संचार

    • १८ मंसिर २०७८, शनिबार

अनलाईन ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी सम्सी गाउँपालिका-६ घर भई हाल धनुषा जनकपुर मछलीबजार ठेगाना भएका १९ वर्षीय शेष फैसल छन् ।

पीडितको एनआइसी एशिया बैंकको खाताबाट कात्तिक ७ गते एक्कासी ५० हजार २ सय रुपैयाँ रकम अन्यत्र ट्रान्सफर भएको घटनाको अनुसन्धान गर्ने क्रममा शेष पक्राउ परेका हुन् ।

उनले उक्त रकम पीडितको बैंकको खाताबाट आफ्नो वालेट आइडि हुँदै सिटिजन बैंकमा रहेको शेष फैजलको नामको खातामा रकम रकमान्तर गरेका थिए । उक्त ठगी कार्यमा संलग्न रहेका फैसललाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं एयरपोर्टबाट पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय सूचना कक्षले जनाएकाे छ ।

उनी उपर ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाएको जनाइएकाे छ ।

साताकाे चर्चित
सम्बन्धित