राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ । आइतबार बिहान प्राप्त जानकारी अनुसार अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता बनाएका छन् ।
निर्वाचन समितिका एक सदस्यका अनुसार उनलाई 914मत प्राप्त भएको छ भने कमल थापाले 819 मत प्राप्त गरेका छन् ।
राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार राति साढे ११ बजे मतदान सम्पन्न भएको थियो ।