थप २६५ जनामा कोरोना सङ्क्रमण पुष्टि
थप २६५ जनामा कोरोना सङ्क्रमण पुष्टि

यस अवधिमा आठ हजार ६१७ जनाको पिसिआर परीक्षण गरिएको थियो ।    

    • बेल संचार

    • २० मंसिर २०७८, सोमबार

काठमाडौँ

देशभर पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा आठ हजार ६१७ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २२ हजार ८३० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ६१९ पुगेको छ । पछिल्लो समय थप ३५७ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख चार हजार ९०१ पुगेको छ । निको हुने दर ९७ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट दुईको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४३ पुगेको छ ।

कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी, पछिल्लो समय एक लाख ६ हजार ६१० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ३८६ छ । हाल होम आइसोलेसनमा ६ हजार ६२, संस्थागत आइसोलेसनमा ३२४, सघन उपचार कक्षमा ११४ र भेन्टिलेटरमा ३२ जनाको उपचार हुँदैछ ।

साताकाे चर्चित
सम्बन्धित