जनगणनाकाे प्रारम्भिक नतिजा तीन महिनाभित्र : लिपुलेक, लिम्पियाधुरा र कालापानीमा वैकल्पिक विधिबाट गणना गरिने
जनगणनाकाे प्रारम्भिक नतिजा तीन महिनाभित्र : लिपुलेक, लिम्पियाधुरा र कालापानीमा वैकल्पिक विधिबाट गणना गरिने
    • बेल संचार

    • २१ मंसिर २०७८, मंगलवार

काठमाडाैं । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या समेट्ने तयारी गरेको छ ।

कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय जनगणनाका क्रममा गणक उक्त क्षेत्रमा पुग्न नसके पनि वैकल्पिक विधि प्रयोग गरी जनगणना गर्न लागिएको हो ।

विभागले जनगणनाको प्रारम्भिक नतिजा तीन महिनाभित्र निकाल्नेगरी अहिले तयारी गरिरहेको छ । उक्त क्षेत्रमा २०१८ सालमा पनि जनगणना गरिएको थियो ।

स्याटलाइटको माध्यमबाट उक्त क्षेत्रको घर गणना गर्ने र प्रतिघरमा औसत रूपमा बस्ने व्यक्तिको सङ्ख्या निकालेर उक्त क्षेत्रको जनगणना गर्ने योजना विभागले बनाएको विभागका उपमहानिर्देश डा हेमराज रेग्मीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार, गणकले मूल गणनाका समयमा सो क्षेत्रमा पुगेर विवरण सङ्कलन गर्न नसके पनि वैकल्पिक विधिबाट जनगणना गर्न लागिएको हो ।

साताकाे चर्चित
सम्बन्धित