दक्षिण अफ्रिकाका अस्पताल काेभिड बिरामीले भरिए
दक्षिण अफ्रिकाका अस्पताल काेभिड बिरामीले भरिए

काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु बिरामीले भरिएका छन् ।

    • बेल संचार

    • २१ मंसिर २०७८, मंगलवार

केप टाउन

काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु बिरामीले भरिएका छन् । अस्पतालमा बिरामी भरिएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामापाेसाले सम्पूर्ण नागरिकहरुलाई खाेप लगाउन अ‌ाह्वान गरेका छन् । यसअघि दैनिक १६ हजार संक्रमित भेटिने गरेकाेमा पछिल्लाे २४ घन्टामा दक्षिण अफ्रिकामा २३ हजार संक्रमित भेटिएका छन् ।

दक्षिण अफ्रिकाकाे सरुवा राेगका लागि राष्ट्रिय संस्था (एनअ‌ाइसीडी) का अनुसार पछिल्लाे समयमा संक्रमणमा भएकाे बृद्धि अप्रत्यासित हाे । देश काेभिडकाे चाैथाे लहरमा प्रवेश गरिसकेकाे स्वास्थ्य अधिकारीहरुले बताएका छन् । ‘ दुर्भाग्यवश अहिले दैनिक अस्पताल भर्ना हुने बिरामीकाे संख्या दाेब्बरले बढेकाे छ,’ संक्रमक राेग विज्ञ इयान साने भन्छन् ।

संक्रमितकाे संख्यामा बृद्धि भएकाेले त्यसका लागि तयारी हुन उनले अस्पताललाई अ‌ाग्रह गरेका छन् । अस्पतालमा पर्याप्त अक्सिजनकाे व्यवस्था गर्नुपर्ने उनकाे सुझाव छ ।

दक्षिण अफ्रिकाकाे मेडिकल रिसर्च काउन्सीलका प्रमुख डा फरिद अब्दुल्लाहले जाेहेनसवर्ग र तास्वानेमा अस्वभाविक रुपमा संक्रमित बढेकाे बताएका छन् । देशकै सबैभन्दा ठूला सहर रहेकाे गउटेन प्रान्तमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।

अधिकांश विरामीले खाेप नलगाएकाे र डरलाग्दाे संख्यामा बालबालिका संक्रमित भएकाे चिकित्सकहरुले बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित