काठमाडौंमा १० हजार झण्डा राख्दै कांग्रेस
काठमाडौंमा १० हजार झण्डा राख्दै कांग्रेस
    • बेल संचार

    • २२ मंसिर २०७८, बुधबार

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि आयोजक जिल्ला काठमाडौंमा मात्रै करीब १० हजार पार्टीका झण्डा र चुनाव चिन्ह रुख अंकित झण्डा सडकका पोलमा राख्न  शुरुआत गरिएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टीको झण्डा हस्तान्तरण गरी महाधिवेशनस्थल भृकुटीमण्डपबाट पोलमा झण्डा लगाउने अभियानको प्रारम्भ  गरेका हुन् ।

प्रचारको विविध प्रक्रियाअनुसार आज सडकका पोलहरूमा झण्डा लगाउने तथा विभिन्न स्थानमा स्वागत गेट बनाउने कार्य प्रारम्भ गरेको उनले जानकारी दिए ।

महाधिवेशनका लागि स्वागतद्वार तथा श्रृंगारको जिम्मेवारी पाएका कांग्रेस काठमाडौंका सचिव गोविन्द पुडासैनी संयोजकत्वको उपसमितिले कोटेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला, माइतीघर मण्डला, त्रिपुरेश्वर, थापापली, कालीमाटी, त्रिचन्द्र कलेज, बागबजार, सिंहदरबार, महाराजगञ्ज, बल्खु, बालाजु क्षेत्रमा ठूला १४ स्वागतद्वार बनाउन शुरू गरेको छ । यसबाहेक महाधिवेशनस्थल भृकुटीमण्डप वरपर झण्डै १० स्वागतद्वार बनाइने सचिव पुडासैनीले बताए ।

साताकाे चर्चित
सम्बन्धित