नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ४१ पैसा र बिक्री दर १२१ रुपैयाँ ०१ पैसा कायम गरेको थियो भने आज यसको दरमा वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ४३ पैसा र बिक्री दर १२१ रुपैयाँ ०३ पैसा कायम गरेको
युरोपियन युरो एकको खरिद दर १३५ रुपैयाँ ८७ पैसा र बिक्री दर १३६ रुपैयाँ ५५ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ४४ पैसा र बिक्री दर १६० रुपैयाँ २४ पैसा कायम छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ९० पैसा र बिक्री दर ८६ रुपैयाँ ३३ पैसा छ । जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६१ पैसा र बिक्री दर १० रुपैयाँ ६६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९७ पैसा र बिक्री दर १९ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै साउदी अरबियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्री दर ३२ रुपैयाँ २६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ०८ पैसा र बिक्री दर ३३ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६५ पैसा रहेको छ ।