काँग्रेस महामन्त्रीका उम्मेदवार गगन थापाले आज अवधारणापत्र सार्वजनिक गर्ने, के छ अवधारणापत्रमा ?
काँग्रेस महामन्त्रीका उम्मेदवार गगन थापाले आज अवधारणापत्र सार्वजनिक गर्ने, के छ अवधारणापत्रमा ?
    • बेल संचार

    • २३ मंसिर २०७८, बिहीबार

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आज बिहीबार अवधारणापत्र सार्वजनिक गर्नुहुने भएको छ ।

नेता थापाले आज दिउँसो ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा  समुन्नत नेपालः सम्मानित नेपाली’ संकल्पसहितको अवधारणापत्र सार्वजनिक गर्न लागेको उहाँको सचिवालयले जनाएको छ । ‘समुन्नत नेपालः सम्मानित नेपाली’ संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन कांग्रेसको पुनर्जागरण र रुपान्तरणका लागि मेरो अवधारणा सार्वजनिक गरिने कार्यक्रममा तपाईंको गरिमामय उपस्थिति एवं सल्लाह सुझावको अपेक्षा गरेको छु,’ थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

भोलि शुक्रबारबाट सुरु हुने कांग्रेस महाधिवेशनमा थापाले महामन्त्रीमा उम्मेदवारी दिनलाग्नुभएको छ ।

साताकाे चर्चित
सम्बन्धित