यु-१९ क्रिकेट: नेपाल र बंगलादेश एकै समूहमा
यु-१९ क्रिकेट: नेपाल र बंगलादेश एकै समूहमा

आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) मा हुने यु-१९ एसिया कपमा नेपाल सहज समूहमा परेको छ ।

    • बेल संचार

    • २३ मंसिर २०७८, बिहीबार

काठमाडौं
आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) मा हुने यु-१९ एसिया कपमा नेपाल सहज समूहमा परेको छ । एसियन क्रिकेट काउन्सिलले आयोजना गर्ने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । समूहमा नेपालसहित बंगलादेश, श्रीलंका र कुवेत छन् ।

समूह ‘ए’ भने भने बलिया भारत, पाकिस्तान, अफगानिस्तान र आयोजक राष्ट्र युएई छन् ।  प्रतियोगिता ८ देखि १७ पुससम्म हुनेछ ।  समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

नेपालले ८ पुसमा पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दा ११ पुसमा दोस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ । यस्तै १३ पुसमा कुवेतसँग खेल्ने तालिका छ ।

प्रतियोगिताको लागि नेपाली टोलीले तयारी तीब्र बढाएको छ ।

साताकाे चर्चित
सम्बन्धित