यस्तो निर्णय गर्दै कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न
यस्तो निर्णय गर्दै कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न
    • बेल संचार

    • २३ मंसिर २०७८, बिहीबार

कांग्रेस केन्द्रीय समिति बैठक सकिएको छ। बैठकले तीन प्रस्ताव पारित गरेको छ। १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा बसेको पार्टी बैठकले महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्काको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिले पेस गरेको नीति अनुसन्धान प्रतिस्ठानको प्रतिवेदन सर्वसम्मत पारित गरेको हो।

यस्तै बैठकले विधान संशोधनलगायत अनुमोदन पनि गरेको छ। उक्त बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल भने उपस्थित थिएनन्।

साताकाे चर्चित
सम्बन्धित