बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्री लाभ भएको छ। जोनसनकी श्रीमती क्यारिले बिहीबार बिहान लण्डन अस्पतालमा दोस्रो सन्तानका रुपमा छोरी जन्माएकी हुन् । क्यारिले यसअघि सन् २०२० अप्रिलमा बिहेपूर्व पहिलो छोरी जन्माएकी थिइन् ।
प्रधानमन्त्री बोरिस दम्पतीले आफूहरुले स्वस्थ्य बच्चा पाएको बताएका छन् । हाल प्रधानमन्त्री बोरिसकी श्रीमतीको स्वास्थ्य अवस्था पनि सामान्य रहेको चिकित्सकहरुले बताइएका छन् ।
बेलायतको प्रधानमन्त्री निवासको कार्यालयभित्र खुलेआम लिभिङ टुगेदरमा बस्ने बोरिस दम्पत्ति पहिलो अविवाहित जोडि हुन् । ५७ वर्षीय प्रधानमन्त्री बोरिस र ३३ वर्षीया क्यारि सन् २०२१ मेमा विवाह बन्धनमा बाँधिएका थिए ।
बोरिस क्यारिका पहिलो श्रीमान हुन् भने क्यारि बोरिसकी तेस्रो श्रीमती हुन् । बोरिसले अघिल्ला श्रीमतीबाट पाँच सन्तान पाएको जनाइएकाे छ ।