नाडाको अध्यक्षमा ध्रुब थापा निर्वाचित
नाडाको अध्यक्षमा ध्रुब थापा निर्वाचित
    • बेल संचार

    • २४ मंसिर २०७८, शुक्रबार

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुब थापा निर्वाचित भएका छन् ।

थापाले १४ सय १३ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी करण चौधरीले १३ सय ४७ मत पाएका थिए ।

नाडाको यो पटकको चुनावमा थापा र चौधरीले प्यानलनै बनाएर मत मागेका थिए । चौधरी हारेपनि उनको प्यानलका १२ जना विजयी भएका छन् भने थापाको प्यानलबाट ५ जना निर्वाचित भएका छन् ।

चौधरी पक्षबाट राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, मिलनबाबु मल्ल, अभिक ज्योति, प्रकाश कपुरी, बिक्रम सिंहानिया, बरदान बस्नेत, निलमणि पाठक, पंकज अग्रवाल र गोपाल भट्टराई निर्वाचित भएका छन् ।

थापा पक्षबाट निराकार श्रेष्ठ, आकाश गोल्छा, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र यमुना श्रेष्ठ निर्वाचित भएका छन् ।

साताकाे चर्चित
सम्बन्धित