मुगुका चारवटै स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व
मुगुका चारवटै स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व

मुगुका चारवटै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र)ले नयाँ नेतृत्व चयन गरेको छ ।  

    • बेल संचार

    • २४ मंसिर २०७८, शुक्रबार

मुगु,

मुगुका चारवटै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र)ले नयाँ नेतृत्व चयन गरेको छ ।

छायाँनाथ रारा नगर कमिटी अध्यक्षमा सुवासचन्द्र बुढा चयन भएका छन् । उपाध्यक्षमा देविकृष्ण रोकाया, कर्णबहादुर कुलाल र केशव चौलागाई चयन हुँदा मधुली नेपाली कोषाध्यक्ष बनेकी छन् । सचिवमा रत्न बढुवाल र सहसचिव दिलमाया महतारालाई चयन गरिएकाे छ ।

मुगुम कार्मारोङ गाउँपालिकामा अध्यक्षमा सुनबहादुर रोकाया, सोरु गाउँपालिका अध्यक्षमा जयलाल मल्ल  र खत्याड गाउँपालिका अध्यक्षमा भरतबहादुर शाही चयन भएका छन् ।

माओवादी केन्द्रकाे राष्ट्रिय सम्मेलन नजिकिँदै जाँदा स्थानीय तहका सम्मेलन अन्तिम चरणमा पुगेका छन् ।

साताकाे चर्चित
सम्बन्धित