एकै मञ्चमा ओली, प्रचण्ड र नेपाल
एकै मञ्चमा ओली, प्रचण्ड र नेपाल
    • बेल संचार

    • २४ मंसिर २०७८, शुक्रबार

आज सत्तासीन नेपाली काँग्रेसको १४औँ महाधिवेशन शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । महाधिवेशनको प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले  महाधिवेशनको उद्घाटन गरे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमाले अध्यक्ष केपी ओली एकै मञ्चमा उपस्थित भए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेयता उनीसँग प्रचण्ड र माधव नेपालको राम्रो सम्बन्ध रहेको छैन भने पछि सर्वोच्चको आदेशको बलमा एमाले र माओवादी ब्यूँतिएको थियो ।

यता माधव नेपालले एमाले नै विभाजन गरेका थिए । राजनीतिक तिक्तताका बीच तीन नेता आज एकै मञ्चमा देखिएका हुन् । ओलीले प्रचण्डसँग एक वर्षपछि र नेपालसँग पाँच महिनापछि मञ्च सेयर गरेका हुन् ।

साताकाे चर्चित
सम्बन्धित