कांग्रेसको महाधिवेशनमा ४७४३ मतदाता (सूचीसहित)
कांग्रेसको महाधिवेशनमा ४७४३ मतदाता (सूचीसहित)
    • बेल संचार

    • २४ मंसिर २०७८, शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित गरेको छ । आज प्रकाशित नामावलीमा ४ हजार ७४३ मतदाता रहेका छन् ।

१४ औं महाधिवेशनअन्तर्गत २२ मंसिरमा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको कांग्रेसले शुक्रबार अन्तिम नामावली प्रकाशित गरेको हो ।

केन्द्रीय सदस्य एवं देशभरबाट ४ हजार ४२२ महाधिवेशन प्रतिनिधि चयन भएका छन् । भ्रातृ तथा शुभेच्छुक संस्थाबाट १२५ महाधिवेशन प्रतिनिधि सिफारिस भएका छन् भने जनसम्पर्क समितिबाट १८४ जना महाधिवेशन प्रतिनिधि चयन भएको निर्वाचन समितिले जनाएको छ ।

शुक्रबार कांग्रेस महाधिवेशनको उद्घाटन भएको छ । अब शनिबार बिहान दश बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ भने मंसिर २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । मंसिर २७ गते मतदान हुने महाधिवेशन कार्यतालिका रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित