आज २५ मंसिर शनिबार, तदनुसार ११ डिसेम्बर । मार्गशीर्ष शुक्लपक्ष अष्ठमी तिथि, पूर्वभाद्रपदा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा छ । अष्टमीव्रत, गोरखकालीपूजा रहेको छ ।
आजको सूर्योदय बिहान ६ः४६ मिनेटमा भएको छ भने सूर्यास्त १७ः०८ मा रहेको छ । शनिबार विशेष गरी नजिकको पिपलको वृक्षको प्रदक्षिण वा जल अभिषेक गर्दा नवग्रह शान्ति हुनेछ । आज बिहान ९ः२१ देखि १०ः४० सम्म राहुकाल, ११ः३७ देखि १२ः१८ सम्मको समय अभिजित मुहूर्त छ । त्यसैले कुनै शुभ कार्य गर्नुछ भने आजको दिन अभिजित मुहूर्तको समय तय गर्नुहोला ।
राहुकालको समयमा कुनै पनि शुभ कर्म नगर्नु भनेर ज्योतिषशास्त्रले भनेको छ ।