काँग्रेस महाधिवेशन : काँग्रेसको कुन पदका लागि उम्मेदवारी शुल्क कति ?
काँग्रेस महाधिवेशन : काँग्रेसको कुन पदका लागि उम्मेदवारी शुल्क कति ?
    • बेल संचार

    • २५ मंसिर २०७८, शनिबार

नेपाली काँग्रेसको सभापति पदमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क लाग्ने भएको छ ।

यस्तै उपसभापति र महामन्त्री पदमा २५–२५ हजार तथा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन १० हजार शुल्क तोकिएको छ । सहमहामन्त्री पदका उम्मेदवारले भने २० हजार तिर्नुपर्नेछ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयन दर्ताअघि नै बैंक खातामा रकम जम्मा गर्नुपर्नेछ । रकम जम्मा गर्नका लागि समितिले प्रभु बैंकको खाता उपलब्ध गराएको छ ।

काँग्रेसको सभापतिसहित १३४ पदमा सोमबार मतदान हुँदैछ । उम्मेदवार मनोनयन दर्ता भने आज हुँदैछ ।

साताकाे चर्चित
सम्बन्धित