काँग्रेसको १४औं महाधिवेशनले शुक्रबार कम्युनिस्ट नेताहरूलाई ‘पुनर्मिलन’ गराएजस्तो भयो। कांग्रेसलाई शुभकामना दिन आएका उनीहरू एकले अर्कालाई व्यंग्य गर्न भने छाडेनन्। महाधिवेशन उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका बायाँतिर थिए। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल दायाँतिर बसेका थिए।