नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा झण्डै दुई लाखले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् । जिल्लाका स्थानीय तहमा सञ्चालन गरिएको घुम्ती शिविर र फिल्ड कार्यालयमा नै पुगेर राष्ट्रिय परिचयपत्रको फारम भर्नेको सङ्ख्या एक लाख ९७ हजार ३८२ पुगेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले साउनमा सञ्चालन भएको घुम्ती शिविरबाट एक लाख ८४ हजार ३३७ ले राष्ट्रिय परिचयपत्रको फारम भरेको जानकारी दिए । त्यस्तै जिल्ला प्रशासन कार्यालयमा रहेको फिल्ड कार्यालयमा नै पुगेर शुक्रबारसम्म १३ हजार ४५ ले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेका थापाको भनाइ छ ।