प्रदीप पौडेललाई महामन्त्री बनाउने देउवाकाे निर्णयपछि विश्वप्रकाश शर्माकाे असन्तुष्टि, महामन्त्रीमै उम्मेदवारी दिने तयारी
प्रदीप पौडेललाई महामन्त्री बनाउने देउवाकाे निर्णयपछि विश्वप्रकाश शर्माकाे असन्तुष्टि, महामन्त्रीमै उम्मेदवारी दिने तयारी
    • बेल संचार

    • २५ मंसिर २०७८, शनिबार

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ । शर्माका सहयोगी ध्रुव लुइँटेलका अनुसार महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरे पनि टिम भने टुंगो लागेको छैन ।

कृष्णप्रसाद सिटौलानिकट प्रदीप पौडेललाई सभापति शेरबहादुर देउवाले महामन्त्रीमा उम्मेदवार बनाउने निर्णय गरेपछि असन्तुष्टि बढेको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्यानलबाट पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी सुजाता कोइरालाले उपसभापतिमा उठ्ने घोषणा गर्नुभएको छ। शनिवार दिनभर कांग्रेसमा विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

यसअघि सभापतिमा कल्याण गुरुङ र दलिततर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

संस्थापन पक्षबाट भने सभापतिमा प्रधानमन्त्री तथा कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने तयारी गर्नुभएको छ । त्यसैगरी विमलेन्द्र निधि शेखर कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गर्नुभएको स्राेतकाे दाबी छ।

महामन्त्रीमा भने गगन थापा, प्रदीप पौडेल, बालकृष्ण खाँण र मीनेन्द्र रिजालले पनि उम्मेदवारी दिने तयारी गर्नूभएको बताइएकाे छ ।

साताकाे चर्चित
सम्बन्धित