सम्पर्क समन्वय समिति प्रथम प्रदेश सम्मेलनको अध्यक्ष प्रचण्ड द्वारा उद्घाटन
सम्पर्क समन्वय समिति प्रथम प्रदेश सम्मेलनको अध्यक्ष प्रचण्ड द्वारा उद्घाटन
    • बेल संचार

    • २५ मंसिर २०७८, शनिबार

काठमाडौ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार पार्टीको प्रदेश सम्मेलनको उद्घाटन गर्नु भएका छन ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले
सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको छ । सोही सम्मेलनको अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट कार्यक्रमको उद्घाटन गर्नु भएको छ ।

प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कणलीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ । त्यस्तै माओवादी केन्द्रले सात भौगोलिक सहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ ।

उक्त सम्मेलनबाट नौ पदाधिकारी सहितको समिति चयन हुनेछ । जसमा प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् ।

प्रदेशमा १ मा २५९, २ नम्बर प्रदेशमा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कणलीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन् ।

आगामी पुस ११ देखि १३ गतेसम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदैछ।

साताकाे चर्चित
सम्बन्धित